Skip to content

आज मिति २०८२ साल फागुन महिनाको २१ गते बिहीबारको राशिफल

२०८२ फाल्गुन २१, बिहीबार
आज मिति २०८२ साल फागुन महिनाको २१ गते बिहीबारको राशिफल

आज मिति २०८२ साल फागुन महिनाको २१ गते बिहीबार इस्वी सम्वत २०२६ मार्च ५ तारिख !!

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
आज इष्टमित्र तथा आफन्तसँग यात्राको अवसर जुट्नेछ। मिठा परिकारको स्वाद लिँदै रमाइलो समय बित्नेछ। पुराना स्वास्थ्य समस्या सुधार हुने संकेत छन् भने लेनदेनका मुद्दा समाधानतर्फ उन्मुख हुनेछन्। अध्ययनमा प्रगति हुनेछ। प्रविधिको प्रयोगबाट आफ्ना विचारहरू व्यापक रूपमा प्रस्तुत गर्न सकिनेछ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
बौद्धिक र प्राविधिक सीपको सदुपयोगले आम्दानी बढ्नेछ। भौतिक सम्पत्ति वा विलासी वस्तु उपहारस्वरूप प्राप्त हुन सक्छ। अध्ययनमा ध्यान दिए राम्रो उपलब्धि हासिल हुनेछ। प्रेम सम्बन्धमा नजिकिनुका साथै प्रस्ताव आउने सम्भावना छ। सन्तान तथा आफन्तको सहयोग मिल्नेछ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
घरेलु समस्या तथा आफन्तको व्यवहारले केही तनाव दिन सक्छ। प्रेम सम्बन्धमा समय अभावले सानो मनमुटाव हुन सक्छ। सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला। भिडभाडबाट टाढा रहनु राम्रो हुनेछ। तर औषधी तथा दैनिक उपभोग्य वस्तुको व्यापारमा लाभ मिल्नेछ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
प्रिय व्यक्तिसँग संवाद हुँदा मन प्रफुल्लित हुनेछ। परिवारसँग रमाइलो भोजनको अवसर मिल्नेछ। सुरु गरेका कामको उच्च मूल्याङ्कन हुनेछ। सामाजिक सञ्जालमार्फत आफ्ना विचार प्रस्तुत गर्न सकिनेछ। सामाजिक तथा राजनीतिक गतिविधिमा सहभागी हुन सकिनेछ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
विगतको मेहनतको सकारात्मक परिणाम प्राप्त हुनेछ। रोकिएका कामहरू सम्पन्न हुनेछन्। प्रेम जीवन रमाइलो रहनेछ। यात्रा तथा मनोरञ्जनमा समय बित्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सक्रियता बढ्नेछ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
राजनीति तथा समाजसेवामा जनसमर्थन बढ्नेछ। अध्ययन र अनुसन्धान क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। प्रेम सम्बन्ध सुदृढ हुनेछ। विशिष्ट व्यक्तिसँग भेटघाटको अवसर मिल्नेछ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
अनावश्यक खर्च बढ्न सक्छ। स्वास्थ्यप्रति सचेत रहनुहोला, उपचार खर्च बढ्ने सम्भावना छ। व्यापारमा अपेक्षित आम्दानी नआउँदा मन खिन्न हुन सक्छ। विश्वासघातको सम्भावना भएकाले सजग रहनु राम्रो हुनेछ। यात्रा गर्दा सावधानी अपनाउनुहोला।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
परिवार तथा समाजमा प्रशंसनीय कामबाट चर्चा कमाइनेछ। पैतृक सम्पत्तिको उपयोगबाट लाभ मिल्नेछ। भौतिक स्रोत जुट्नेछन्। प्रेम सम्बन्ध प्रगाढ हुनेछ। राजनीति तथा समाजसेवामा जनसमर्थन प्राप्त हुनेछ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
राम्रा कामबाट नाम र दाम दुवै कमाइनेछ। पैतृक स्रोत तथा कृषि–पशुपालनबाट लाभ हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुने योग छ। प्रेम सम्बन्धका लागि समय अनुकूल छ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
परिणाममुखी कामले अरूको मन जित्न सकिनेछ। आर्थिक समस्या समाधान हुनेछ। व्यापारमा सुधार आउनेछ। अनुसन्धान तथा अध्ययनमा सफलता मिल्नेछ। धार्मिक तथा शैक्षिक यात्राको सम्भावना छ। प्रेममा आत्मीयता बढ्नेछ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
व्यस्तता बढे पनि स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। लगानी गर्नु अघि राम्रो तयारी गर्नुहोला। प्रेम जीवन मध्यम रहनेछ। गोपनीयता भंग वा आफन्तसँग विवादको सम्भावना छ। राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
पारिवारिक माहौल रमाइलो रहनेछ। मिष्ठान्न भोजनको अवसर मिल्नेछ। आवश्यक साधनस्रोत जुट्नेछन्। प्रेम र मित्रता सम्बन्ध अझ बलियो हुनेछ। सामाजिक तथा राजनीतिक गतिविधिमा सहभागी हुन सकिनेछ।

भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला सफलता अवस्य मिल्ने छ ।
तपाईंको दिन शुभ रहोस् !!

तपाईको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर