आज मिति २०८२ साल भदौ महिनाको १८ गते बुधबार इस्वी सम्वत २०२५ सेप्टेम्बर ३ तारिख !!
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समयले साथ दिने हुँदा सानो प्रयत्नले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । धर्म तथा धर्म विस्तारको लागी समय दिनु पर्नेछ भने संस्कार परिवर्तनमा तपाईँको भूमिका महत्त्वपूर्ण हुनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रशासनिक क्षेत्रमा तपाईँको उच्च स्तरको सहभागिता रहनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
भौतिक सम्पत्ति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । माया प्रेममा धोका तथा अविश्वास हुनेछ । खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउनेछ । साना तिना घरेलु समस्या सुल्झाउँदा सुल्झाउँदै समय बित्नेछ । आफन्त तथा चेलि माइती बिच मनमुटाब सिर्जना नहोला भन्न सकिन्न ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
विभिन्न भौतिक तथा बिलासी सामानको प्रयोग गर्न पाइनेछ । पढाइ लेखाइ तथा खोजीमूलक क्षेत्रबाट नाम कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट आम्दानी गर्न सकिनेछ । व्यापारमा स्रोत साधन जुट्नाले प्रशस्त आम्दानी हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् । व्यापार तथा शेयर बजारको लगानीबाट प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण, रोग तथा शत्रुबाट छुट्करा पाइने हुनाले मन प्रसन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेको छ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापारमा प्रशस्त फाइदा हुनाले थप लगानी गर्ने वातावरण बन्नेछ । शेयर बजार तथा अनलाइन व्यापारबाट मनग्गे आम्दानी हुनेछ । स्थायी सम्पत्ति तथा मन परेको सामान उपहारको रूपमा प्राप्त हुनेछ । सन्तान तथा अनुयायीको साथले उपलब्धिमूलक काम गर्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्धहरू पुन सुचारु हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले बौद्धिक क्षेत्र बलियो हुनेछ । .
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
राजनीतिकर्मी तथा समाजसेवीहरूका लागी समय मध्यमय रहेकोले जनताको समर्थन पाइने छैन । घर जग्गा तथा सवारी साधन सम्बन्धी लफडा पर्न सक्छ । आफन्त तथा आमासँग मनमुटाब बढ्ने वा घरबाट टाढा जानु पर्ने हुन सक्छ । प्रेममा मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला समय मध्यमय रहेको छ । तर पनि सवारी साधन तथा जग्गा सम्बन्धी कामबाट आम्दानी हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
बिभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखी काम गर्ने सकिनेछ । दाजुभाइ, आफन्त तथा छिमेकीका साथ रमाइलो गर्दै दिन व्यातित हुनेछ । व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी पछिको लागी आम्दानी सुनिश्चित गर्न सकिनेछ । प्रेमको गाँठो कसिलो हुने तथा मायाको चिनो साटासाट हुनेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा लैजान सकिनेछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
तपाईँले सुरु गरेको काममा आफन्त तथा कुटुम्बको सहयोग प्राप्त हुनेछ । पारिवारिक माहौलमा दिन बित्नेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा शङ्का उपशङ्काहरू हट्दै जानेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
प्रविधिको प्रयोग गरी रचनात्मक काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । नयाँ काम गर्न सकिने तथा सहयोग र समर्थन गर्नेहरू प्रशस्त भेटिनेछन् । व्यापार र सेयर बजारमा लगानी गर्दा नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ भने पहिले गरिएका कामहरू उपलब्धिमूलक बन्दै जानेछन् ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
स्वदेशी सामानको उत्पादन तथा बिक्री घट्न सक्छ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखा पर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छी गर्ने बानिले कामहरू बिग्रन सक्छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सीमित स्रोत साधनको प्रयोग मार्फत असीमित आवश्यकता परिपूर्ति गर्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । व्यापार तथा सेयर बजारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । दाजुभाइको सहयोगमा भौतिक सम्पत्ति तथा सवारी साधन जोड्न सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
राज्य भावमा गोचर गर्ने शुभ चन्द्रमाले राज्यको मेकानिजम भित्र बसेर गरिने कामबाट मनग्गे फाइदा हुनेछ । कीर्तिमानी काम गरी नाम तथा इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । शेयर बजार तथा व्यापारबाट मनग्गे लाभ हुनेछ भने कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ ।
भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला सफलता अवस्य मिल्ने छ ।
तपाईंको दिन शुभ रहोस् !!






