आज मिति २०८३ साल बैशाख महिनाको ४ गते शुक्रबार इस्वी सम्वत २०२६ अप्रिल १७ तारिख !!
मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
बिहानको समय मध्यम रहने भएकाले अनावश्यक खर्च बढ्न सक्छ। न्यून पारिश्रमिकमा समय दिनुपर्दा मन खिन्न हुन सक्छ। माया–प्रेममा सामान्य मनमुटाव देखिन सक्छ। तर मध्याह्नपछि समय सुधार हुँदै विभिन्न अवसर प्राप्त हुनेछन्। काम समयमै सम्पन्न हुँदा आफन्त खुसी हुनेछन्।
वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
स्वास्थ्य सामग्री तथा खाद्यान्न व्यापारमा राम्रो वृद्धि हुनेछ। विदेशी वस्तुको कारोबार फस्टाउनेछ। अध्ययन वा कामका लागि लामो दूरीको यात्रा हुन सक्छ। प्रेम सम्बन्धका लागि समय अनुकूल छ। पैतृक स्रोतको प्रयोगबाट आम्दानी बढ्नेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ।
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
आर्थिक उन्नतिका प्रयास सफल हुनेछन्। पारिवारिक स्रोतको प्रयोगबाट लाभ लिन सकिनेछ। शिक्षा तथा लगानीका अवसर आउनेछन्। दाजुभाइको सहयोगले सवारी साधन प्राप्त हुन सक्छ। अध्ययनमा प्रगति हुनेछ। उद्योग तथा सेयर बजारबाट नाफा मिल्ने योग छ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
आत्मविश्वास बढ्नेछ र काममा उत्साह रहनेछ। प्रयास गरेका काम सफल हुनेछन्। साथीभाइ र आफन्तको सहयोग पाइनेछ। मान–सम्मान बढ्नेछ। नयाँ वस्त्र र मिठो भोजनको आनन्द मिल्नेछ। प्रेम सम्बन्ध अझ मजबुत हुनेछ।
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
बिहान स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ र काममा अवरोध आउन सक्छ। सहयोग कम मिल्ने सम्भावना छ। तर मध्याह्नपछि समय सुधार भई आफन्तको साथमा राम्रो काम गर्न सकिनेछ। नयाँ अवसर तथा स्थानान्तरणको सम्भावना छ। कृषि र पशुपालनमा लाभ हुनेछ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
अप्रत्याशित धन तथा सम्पत्ति प्राप्त हुन सक्छ। आफन्तको सहयोगले काम सफल हुनेछ। प्रेम सम्बन्धका लागि राम्रो समय छ। व्यापार र सेयर बजारमा वृद्धि हुनेछ। शुभ कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। यात्राको सम्भावना पनि छ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
भौतिक वस्तु तथा विलासी सामानको व्यापारबाट राम्रो आम्दानी हुनेछ। सेयर बजारबाट लाभ मिल्नेछ। कामका सिलसिलामा यात्रा हुन सक्छ। प्रेम सम्बन्ध बलियो हुनेछ। जीवनसाथीको सहयोगले सफलता मिल्नेछ।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
प्रतिस्पर्धामा सफलता हात लाग्नेछ। रोकिएका कामहरू पूरा हुनेछन्। शत्रु परास्त हुनेछन्। व्यापारमा लगानी गरी राम्रो आम्दानी गर्न सकिनेछ। सेयर बजारबाट सानो भए पनि नाफा हुनेछ। प्रेम सम्बन्ध मजबुत हुनेछ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
मेहनत र धैर्यले काम सफल हुनेछ। नयाँ प्रविधिको प्रयोगले आम्दानी बढाउने अवसर मिल्नेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। बैंक तथा वित्तीय क्षेत्रबाट सन्तुष्टि मिल्नेछ। बिहान समय मध्यम रहने भएकाले आलोचना सहनुपर्ने हुन सक्छ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
बिहानको समय अनुकूल रहनेछ। कृषि तथा पशुपालनबाट लाभ हुनेछ। अध्ययनमा राम्रो नतिजा आउनेछ। तर मध्याह्नपछि आलोचना हुन सक्छ। प्रेम सम्बन्धमा मनमुटाव आउन सक्छ। घर–जग्गा वा सवारी कारोबार गर्दा सावधानी अपनाउनुहोस्।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
सानो प्रयासले ठूलो सफलता मिल्नेछ। प्रतिस्पर्धामा जित हासिल हुनेछ। प्रेम सम्बन्धमा नजिकियत बढ्नेछ। अध्ययनमा प्रगति हुनेछ। आफन्तसँगको सम्बन्ध सुधार हुनेछ। व्यापार र लगानीबाट राम्रो आम्दानी हुनेछ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
व्यापार तथा सेयर बजारमा लगानी लाभदायक हुनेछ। कार्यक्षेत्रमा सम्मान बढ्नेछ। महत्वपूर्ण व्यक्तिबाट प्रशंसा पाइनेछ। प्रेम सम्बन्ध बलियो हुनेछ। परिवार र साथीहरूसँग रमाइलो समय बित्नेछ।
भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला सफलता अवस्य मिल्ने छ ।
तपाईंको दिन शुभ रहोस् !!






